युएस- नेपाल चिल्ड्रेन ट्यालेन्ट सोको नृत्य विधाको प्रथम स्थान रिन्चेन योन्जन तामाङले जितिन्


श्याम तामाङ ,तामाङपेज 

काठमाडौं ।

न्युयोर्क ।

एन.जे.इन्टरटेन्टमेन्टले न्युयोर्कमा शनिबार युएस- नेपाल चिल्ड्रेन ट्यालेन्ट शो-२०१९ व्यापक न्युयोर्कमा रहेका नेपालीहरुको सहभागितामा भब्य रुपमा सम्पन्न भएको छ।

सो प्रतियोगितामा न्युयोर्कमा रहेका ११ देखि १६ वर्षभन्दा मुनिका बालबालिकाहरु सम्मिलित प्रतियोगितामा नृत्य तर्फ प्रथम स्थानको उपाधि मेडल जित्न रिन्चेन योन्जन तामाङले सफलता हासिल गरेकी छिन् ।

विजेता रिन्चेन ,चर्चित गायक संजोक योन्जन र वरिष्ठ व्युटिसियन एवं तामाङ सोसाइटी अफ न्युयोर्ककी उपाध्यक्ष निमा गोले तामाङकी सुपुत्री समेत हुन् ।

एन.जे.इन्टरटेन्टमेन्टले यो वर्ष दोश्रो युएस- नेपाल चिल्ड्रेन ट्यालेन्ट शोको आयोजना गरेको हो ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित: समय: 8:47:19  788पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार