विपन्न तथा भुकम्प पीडित,जेहेन्दार विद्यार्थीलाई छात्रावृति वितरण


संगीता तामाङ
तामाङपेज, रसुवा

मेगा बैंक नेपाल लिमिटेड शाखा स्याफ्रुबेशीले सोमबार छात्रावृति प्रदान गरेको छ । बैंकको केन्द्रीय एजुकेशन ईज ईनलाईटमेन्ट अभियान अन्तर्गत बैंक सञ्चालनमा आएको स्थानीय सरकारी विद्यालयका एक जना छात्रालाई छात्रावृति वितरण गरेको हो । स्याफ्रुबेशी शाखाले भने कोमिन श्यामेवाङ्फेल माविको कक्षा १० मा अध्ययन गर्ने उर्मिला घलेलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विपन्न तथा भुकम्प पीडित,जेहेन्दार विद्यार्थी उर्मिलालाई छनोट गरी विद्यालयले सिफारिस गरे अनुसार छात्रवृति प्रदान गरिएको मेगा बैकका शाखा प्रबन्धक क्षोक्याल दाेर्जे लामाले जानकारी दिएका हुन् ।
यदि विद्यार्थीले बैंकको नियममा बसी अध्ययन गरे १२ कक्षासम्म पढ्न लाग्ने शैक्षिक सामाग्री र शिक्षण शुल्क सबै बैंकले प्रदान गर्नेछ भने वार्षिक पोषाकको लागि ४ हजार र विद्यालयमा लागेको शिक्षण शुल्क तथा खाजा खर्च बापतको बैंकले ब्येहार्ने जनाएको छ । छात्रावृति प्रदान कार्यक्रममा विद्यालयका प्रधानाध्यपक लोकनाथ नेपाल सह प्रधानाध्यापक र विद्यालय शिक्षक, शिक्षिका, बैंकको शाखा प्रबन्धक क्षोक्याल दोर्जे लामा, बैंक स्टाफ सामिङमार तामाङ लगायतको उपस्थिती रहेको थियो । शाखा प्रबन्धक क्षोक्याल दोर्जे लामाले मेगा बैंक नाफामुखी मात्र नभई समाज र राष्ट्रको हितको लागि सदा सामाजिक उत्तरदायित्व बहन गर्ने सेवामुखी अत्यधुनिक सुविधा युक्त ठूलो बैंक भएको बताउनुभयो ।साथै बैंकको विभिन्न सुविधाहरू उपभोग गरी रसुवाबासीलाई लाभ लिन नि अपिल गर्नु भएको छ । विद्यालयको प्रधानाध्यापक श्री लोकनाथ नेपालले मेगा बैंकको यो कार्यक्रमले विद्यार्थीलाई आझ हौसला मिल्ने छ भन्दै मेगा बैंक स्याफ्रुबेशी शाखालाई धन्यवाद दिनु भएको छ । छात्रा उर्मिला घलेले, म गरीबिका कारण अध्ययन माथि पुग्दै गर्दा अन्योल पर्दै थियो तर आज मेरो जीवनमा मेगा बैंकले यो अवसर दिएर मिहेनत गर्न हौंसला प्रदान गरेको भन्दै मेगा बैंक म्यानेजर श्री क्षोक्याल दोर्जे लामा र सम्पूर्ण मेगा परिवर प्रति आभार प्रकट गरिन् ।

मेगा बैंकले देशभरका १ सय २ वटा शाखा मार्फत बैंक सञ्चालनमा आएको स्थानिय ठाउँको सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गर्ने एक जना छात्रालाई छात्रावृत्तिको कार्यक्रम सञ्चालन गरेको छ।

प्रकाशित: समय: 7:43:05  711पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार