काहुलेस्थित श्री ऎसेलु भुमे माविको अभिभावक भेला,शिक्षा र सार्वजनिक सुनुवाई कार्यक्रम


तामाङपेज संवाददाता ।

नुवाकोट ।

किस्पाङ गाउँपालिका -३ काहुलेस्थित श्री ऎसेलु भुमे माविको अभिभावक भेला ,अभिभावक शिक्षा र सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि लामाले किस्पाङ गाउँपालिकाको विकासको लागि आफू सदा तल्लिन रहेको र स्थानिय सरकार भनेतापनि निश्चित कानुन नहुँदा ,नबन्दा चाहेको काममा समेत समस्या परेको बताउनु भयो ।

किस्पाङ गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि छत्रबहादुर लामाले समग्र किस्पाङ गाउँपालिकामा रहेका विद्यालयहरुमा शिक्षाको सुधार गर्न सिङ्गो गाउँपालिका लागि रहेको बताएका छन् ।

कार्यक्रममा किस्पाङ -३ काहुलेका वडाअध्यक्ष अमृतबहादुर तामाङ,श्री पन्चलिङ्गे माविका अध्यक्ष रणबहादुर लामा,विद्यालयका प्र.अ.कृष्णबहादुर सापकोटा,सहायक प्र.अ.पवनकुमार पौडेल,शिक्षक अभिभावक संघका अध्यक्ष वीरबल तामाङ,अभिभावक माधव न्यौपानेले विद्यालयमा सिसि क्यामरा जडान गर्नुपर्ने,विद्यालयमा गुणस्तरिय शिक्षा हुनुपर्ने लगायतका बारेमा बक्ताहरुले जोड दिएका थिए।

स्थानिय युवा बुद्धिजीवी एवं फिकुरी बहुमुखी क्याम्पसका अध्यक्ष कृष्णप्रसाद भट्टकानुसार कार्यक्रममा गाउँपालिका पदाधिकारीहरु,अभिभावक,शिक्षक,शिक्षिका, विद्यार्थी,बुद्धिजीवी भोजराज भट्ट,देवेन्द्र न्यौपाने,शंख तामाङका महानुभावहरुको सहभागिता रहेको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट नृत्यद्वारा मनोरन्जन दिलाएको थियो ।

 

सो अभिभावक भेला,शिक्षा भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रम श्री ऎसेलु भुमे मावि,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपानेको सभाअध्यक्षतामा सम्पन्न भएको हो।

 

 

 

 

प्रकाशित: समय: 23:12:59  495पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार