तामाङपेज संवाददाता ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सिन्धुपाल्चोक र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा इन्द्रावती गाउँपालिका प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उपस्थित भेलाले नेपाल आदिवासी जनजाति महासंघ इन्द्रावती गाउँपालिका समन्वय परिषद्को अध्यक्षमा डी. बि गोले तामाङ सर्व-सहमतिमा चयन गरेको छ। उपाध्यक्षमा मान बहादुर श्रेष्ठ, सचिवमा राजेन्द्र मगर कोषाध्यक्षमा फुर्तेम्बा शेर्पा सदस्यहरुमा मीन बहादुर माझी, सानु कान्छा दनुवार, दावा लामा ह्योल्मो र मनोनीतमा प्रमिसा तामाङ, खाम्सुङ तामाङ, बिनोद तामाङ रहेका छन् ।
त्यसैगरी क्षेत्र बहादुर तामाङको अध्यक्षतामा नेपाल तामाङ घेदुङ इन्द्रावती गाउँपालिका कमिटी पनि गठन भएको छ । कमिटीमा महिला उपाध्यक्ष संन्चमाया तामाङ, उपाध्यक्ष जित बहादुर तामाङ, सचिव तिलक तामाङ सह–सचिव बिमला तामाङ, कोषाध्यक्ष लाक्पादोर्जे तामाङ र सदस्यहरुमा मनकुमारी तामाङ, शोभना तामाङ,पुष्प बहादुर तामाङ, रिता तामाङ र फूलमान तामाङ रहेका छन् ।
जनजाति अधिकारकर्मी हर्क बहादुर तामाङले आदिबासी जनजातिको इतिहास र बर्तमान बिषयमा विशेष प्रशिक्षण दिएका थिए।
कार्यक्रम इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।