चर्चित गायिका आनि छोइङ डोल्माद्वारा प्रेस विज्ञप्ति जारी, गलत प्रचार गरेकोमा दुख व्यक्त


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं ।

नेपालको सङ्गितको क्षेत्रमा चर्चित गायिका आनि छोइङ डोल्माको चरित्र हत्याहुने गरि केही अनलाइन मिडिया ,पत्रपत्रिकाले समाचार सम्प्रेषण गरेकोप्रती दुख ब्यक्त गर्दै गायिका आनि छोइङ डोल्माले आईतबार प्रेस विज्ञप्ति जारी गर्नु भएको छ ।

विभिन्न सामाजिक क्षेत्रमा आफुले  आपतविपतमा परेका बेला विशेष गरि विपत्तिमा परेका बखत हजारौंलाई खाना,लत्ताकपडा प्रदान ,उपचार लगायतका क्षेत्रमा योगदान दिदै आएको ,आफुले गीत गाउँदा पाएको पारिश्रमिक ,दाताहरुले दिएको रकम नै आम्दानीको श्रोत रहेको स्पष्ट पार्नुहुदै,करिब २० वर्ष अघि स्थापित नल्स वेलफेयर फाउण्डेसन ( भिक्षुणी सेवा संघ नेपाल) ले गरेको गतिविधिहरु पनि नेपाल सरकारको प्रचलित कानुन बमोजिम गर्दै आएको बताएकी छिन् ।

चर्चित गायिका आनि छोइङ डोल्माको चरित्र हत्या हुने गरि केही दिन अघि केही अनलाइन मिडिया ,पत्रपत्रिकाहरुले समाचार सम्प्रेषण गरेपछि यो प्रेस विज्ञप्ति जारी गर्नु भएको हो ।

 

 

प्रकाशित: समय: 19:08:37  1713पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार