नव गायक कृष्ण लामाको कोही न कोही सार्वजनिक


जुलाई १ टोकियो ।

गत  शनिवार जापानलाई कर्मथलो बनाउदै आएका नव गायक कृष्ण लामाको स्वरमा रहेको आधुनिक गीत “कोही न कोही” सार्वजनिक भएको छ । शनिवार जापानको राजधानी टोकियोमा एक कार्यक्रम गरि नव गायक लामाको पहिलो गीत‘कोही न कोही’सार्वजनिक भएको हो ।

गायनसंगै मोड्ल र ग्राफिक डिजाईनर पनि गर्ने नुवाकोट त्रिसुलीका लामा हाल काठमाडौंको गंगवुका बासिन्दा हुन ।
जोन छन्त्यालको भाषा संकलन,रमेशराज भट्टराईको संगीत रहेको “कोही न कोही” बोलको आधुनिक गीत र म्युजिक भिडियो हाइलाइट्स नेपालले आईतवार बजारमा ल्याएको हो । यस गीतको म्यूजिक भिडियो यूट्यूब मार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियो जापानको विभिन्न रमणीय स्थलहरुमा छायाँङकन गरिएको छ । भिडियोमा गायक स्वयम कृष्ण लामा,परिधि झा,आरोही सुवेदी र लाभान्सी कार्कीको अभिनय रहेको छ । दिलिप श्रेष्ठको निर्देशन, भिविन गौतमको संयोजन र श्रवण भट्टराईले छायाँङकन गरेका उक्त म्युजिक भिडियोलाई शिव पुरीले सम्पादन गरेका हुन् ।

प्रकाशित: समय: 17:42:12  1072पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार