खाँंडादेवीस्थित माईली बजारमा सुमो दुर्घटना हुँदा ११ जना घाईते मध्येमा ३ जनाको अवस्था गम्भीर


श्याम तामाङ,तामाङपेज ।

रामेछाप ।

खाँडादेवी गाउँपालिका वडा नं.४ माइली बजारमा ना.१ज.६४४१ नम्बरको सुमो सोमबार अपरान्ह दुर्घटना हुँदा ११ जना मध्ये ३ जनाको अवस्था गम्भीर रहेको खबर प्राप्त भएको छ ।

स्थानिय वासिन्दा गौतम मोक्तानले तामाङपेजसँगको सम्पर्कमा दुर्घटना कुन कारणले भयो ,त्यस्बारे प्रहरीले अनुसन्धान गरि रहेको सुमो दुर्घटना हुँदा टोकरपुर ,मझुवा,टिपु,खाँडादेवीका पवित्रादेवी थापा मगर,पदम थापा मगर,चन्द्रबहादुर पाठक,ध्यानबहादुर मोक्तान तामाङ,रथ तामाङ,श्याम पहरी,मनिबहादुर तामाङ,गोपि रायमाझी ,अनिसा योन्जन ,रमा घिसिङ,अनिता घिसिङ तामाङ,सिताराम आचार्य घाईते भएका छन् ।

घाइते १० जनामध्येमा ३ जनाको अवस्था गम्भीर रहेको स्थानिय गौतम मोक्तानले बताउनु हुँदै केहीको स्थानिय रुपमा उपचार भैइरहेको छ भने गम्भीर घाइतेहरुलाई धुलिखेल अस्पताल उपचारको लागि पठाइएको जानकारी दिनु भएको छ ।

प्रकाशित: समय: 16:49:58  2685पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार