चौघरेस्थित श्री वनस्पति आधारभुत विद्यालयका पुर्व प्र.अ.ढुंङ्गानालाई भब्य विदाई तथा छात्रवृत्ती वितरण कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिका -१ चौघरेस्थित श्री वनस्पति आधारभुत विद्यालयका पुर्व प्र.अ.मा सेवारत राजेन्द्र ढुंङ्गानालाई आईतबार वडाअध्यक्ष सन्तलाल लामाले सम्मान पत्र ,खादा,फुलमाला प्रदान गरेर विदाई गर्नु भएको छ ।

प्र.अ.ढुंङ्गानाले सेवा अवधिको १३ वर्ष विताउनु भएर सेवा निवृत्त हुनु भएको हो । आईतबार प्र.अ.ढुंङ्गानालाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक,शिक्षिकाहरु,विद्यार्थीहरु ,अभिभावकहरुले भब्य विदाई गरेका थिए ।

 

श्री वनस्पति आधारभुत विद्यालयका शिक्षक मानसिंह तामाङकानुसार वडाअध्यक्ष सन्तलाल लामाले विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको समेत जनाएका छन् ।

प्रकाशित: समय: 13:20:03  861पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार