खोकनामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीको प्रमुख आतिथ्यमा रोपाइँ कार्यक्रम सम्पन्न

१६ औं राष्ट्रिय धान दिवस र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको रजत जयन्तिको अवसरमा कार्यक्रम गरेको अध्यक्ष रामहरि बजगाईले जनाएका छन् ।

तामाङपेज संवाददाता ।

ललितपुर ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा तथा महिला उपसमितिको संयोजनमा १६ औं राष्ट्रिय धान दिवस तथा संघको रजत जयन्तिको अवसरमा खोकनामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीको प्रमुख आतिथ्यमा आईतबार रोपाइँ कार्यक्रम सम्पन्न भएको छ ।

संघका जिल्ला अध्यक्ष एवं सहकारीकर्मी रामहरि बजगाईकानुसार संघको महिला उपसमितिको संयोजनमा आयोजित रोपाइँ कार्यक्रममा जिल्लाका सहकारीकर्मीहरु,महिला दिदिबहिनिहरु,ललितपुर महानगरपालिका आर्थिक समितिका संयोजक रविन्द्र महर्जन लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

ललितपुर जिल्ला बचत तथा ॠण सहकारी संघका उपाध्यक्ष लक्ष्मी शाक्यले रोपाइँ कार्यक्रममा रोपाहर ,बाउसे ,असारे गीत ,दहि ,चिउरा समेत खाएर मनाउने प्रचलनलाई जोगाउनको लागि सचेतनाको निमित्त रोपाइँ कार्यक्रम गरेको बताइन् ।

 

 

प्रकाशित: समय: 10:16:15  473पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार