पोखरा उपत्यका वृहत् सफाई अभियान १ सय ६१ औं शृङ्खला सम्पन्न ,सरसफाई तथा जनचेतनाको प्रदर्शनमा व्यापक जनसहभागिता


श्याम तामाङ ,तामाङपेज,काठमाडौं ।

कास्की ।

हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने मुल नाराकासाथ थालनी भएको पोखरा उपत्यका वृहत् सफाई अभियानको १ सय ६१ औं शृङ्खला व्यापक जनसहभागितामा शनिबार पोखराको पर्स्याङमा सम्पन्न भएको छ ।

सरसफाई अभियन्ता एवं युवा बुद्धिजीवी राम पौडेलले तामाङपेजसङ्गको सम्पर्कमा शनिबार पोखरा ,पर्स्याङमा विशेष गरि धर्मस्थली आधारभुत विद्यालयको सकृयतामा ,गण्डकी विकास बैंक ,मुक्तिनाथ विकास बैकका कर्मचारीहरु,पोखराका सरसफाई अभियन्ताहरुको पहलमा नेपाल प्रहरी ,शशस्त्र प्रहरी बल,शिक्षक,शिक्षिका,युवा ,महिला ,बालबालिका लगायत सरोकारवालाहरुको सहभागितामा सरसफाई ,जचेतनामुलक प्रदर्शनी समेत भएको जनाएका छन् ।

नियमित रुपमा प्रत्येक शनिबारको दिन एक घण्टा पोखरामा सरसफाई अभियान हुँदै आएको अभियन्ता पौडेलले जनाउनु भएको छ ।

 

प्रकाशित: समय: 8:45:36  448पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार