बेलबारीस्थित गौतमटोलमा १६ औं धान तथा किसान दिवस सम्पन्न


श्याम तामाङ ,तामाङपेज 

काठमाडौं ।

मोरङ ।

श्रमजीवी बहुउद्देश्यीय कृषि फार्म प्रालि,बेलबारी -२ गौतमटोलको आयोजनामा धान खेतिमा प्रविधि र यान्त्रिकरण ,चामल आयतमा न्युनिकरण भन्ने मुलनाराकासाथ बेलबारी नगरपालिका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा र उपप्रमुख ढाका पराजुलीको  विशेष आतिथ्यमा आईतबार १६ औं राष्ट्रिय धान दिवस तथा किसान दिवस धान रोपेर भब्यताकासाथ सम्पन्न भएको छ ।

 

 

सामाजिक अभियन्ता एवं बेलबारी नगरपालिका -११ की कृषक हिमा घिमिरेले तामाङपेजसङ्गको सम्पर्कमा मोरङ बेलबारी -२ गौतमटोलमा महिला दिदिबहिनीहरु ,दाजुभाईहरु ,महिला नेत्री एवं बेलबारी-११ की बासिन्दा शान्ता मोक्तान तामाङ लगायतका व्यक्तित्वहरु,सरोकारवालाहरुको सहभागितामा खेतमा धान रोपेर ,एक अर्काबीच हिलो छ्यापेर ,असारे गीत गाएर भब्य रुपमा राष्ट्रिय धान तथा किसान दिवस मनाईएको जानकारी दिएकी छिन् ।

 

 

 

प्रकाशित: समय: 23:16:22  534पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार