गोदावरीस्थित बडीखेलमा प्रदेश सांसद लालकुमारी पुनले खेतमा धान रोपिन्,कृषकहरु धान दिवसमा रमाएँ


तामाङपेज संवाददाता ।

ललितपुर ।

गोदावरी नगरपालिका वडा नं. ४ बडीखेलले बडीखेलमा १६ औं राष्ट्रिय धान दिवसको अवसरमा आईतबार रोपाइँ कार्यक्रमको आयोजना गरेको छ ।

बडीखेलका वडाअध्यक्ष मुकुन्द पहरीकानुसार राष्ट्रिय धान दिवसको अवसरमा ललितपुर जिल्ला क्षेत्र नं.१ (क) प्रदेश सभा सांसद लालकुमारी पुन शुशिलाको प्रमुख आतिथ्यमा रोपाइँ कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको जनाएका छन् ।

बडीखेलमा प्रदेश सभाका सांसद पुनसङ्गै कृषकहरु एक अर्काबीच हिलो छ्यापा छ्याप गरेर रमाएका थिए।

 

प्रकाशित: समय: 22:44:33  692पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार