इकुडोलस्थित श्री जनजागृती माविको अध्यक्षमा सर्वसहमत साजन दर्लामी मगर निर्वाचित


तामाङपेज संवाददाता ।

ललितपुर ।

वाग्मती गाउँपालिका वडा न.५ इकुडोलस्थित श्री जनजागृती माविको आईतबार सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा साजन दर्लामी मगरलाई सर्वसहमत निर्वाचित गरेको छ ।

विद्यालयका प्र.अ.दशरथ यादवले तामाङपेजसङ्गको सम्पर्कमा वाग्मती -५ इकुडोलका वडाअध्यक्ष एवं अभिभावक साजन दर्लामी मगरको अध्यक्षतामा विशेष ब्लोन तामाङ,प्रमिला सिंगार तामाङ,पारस बजगाँई ,चन्द्रप्रसाद धिमाल,शिवजी घिमिरे र सदस्य सचिवमा दशरथ यादवलाई श्री जनजागृती माविको विद्यालय व्यवस्थापन समितिमा सर्वसहमत निर्वाचित गरेका छन्।

विद्यालयले वि.सं.२०७५ को एस.इ.इ.परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण गर्ने छात्रा- छात्रहरुलाई प्रमाण -पत्र ,अबिर सहित सम्मान समेत गरेको प्र.अ.यादवले जानकारी गराउनु थियो । सो विद्यालयमा शिशु कक्षादेखि १२ कक्षासम्म संचालन हुँदै आएको विद्यालयमा दुई सय जना छात्र- छात्राहरुले अध्ययन गर्ने गर्छन् ।

 

प्रकाशित: समय: 22:15:44  944पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार