तामाङपेज संवाददाता ।
ललितपुर ।
प्राकृतिक कृषि सहकारी संस्था लिमिटेड ,महिला तथा कृषि उद्यम उप समितिको आयोजनामा प्रतिनिधि सभाका सांसद नवराज सिलवालको प्रमुख आतिथ्यमा ,प्रदेश सभा सांसद चेतनाथ संजेलको विशेष आतिथ्यमा टीकाभैरव ,फर्पिङफाँटमा १६ औं राष्ट्रिय धान दिवसको अवसरमा विविध कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले तामाङपेजसङ्ग कुराकानी गर्नुहुँदै राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ ,असारे गीत गाउन लगाएर ,एक आपसमा हिलो छ्यापछ्याप गरेर रोपाइँमा विविध कार्यक्रम गरिएको बताएका छन् ।
संस्थाले आयोजना गरेको कार्यक्रममा,नेपाल प्रहरी,पत्रकारहरु, स्थानिय वासिन्दा ,संस्थाका शेयरधनी सदस्यहरु लगायतको सहभागिता रहेको प्राकृतिक कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताउनु भएको छ ।
तस्बिर :
पत्रकार सरोज दहाल
विगुल न्युज ।