नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे छैटाैं अधिवेशन सम्पन्न


तामाङपेज संवाददाता।
नुवाकोट।
नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे छैटौं अधिवेशन बट्टार नुवाकोटमा साँझ सम्पन्न भएको छ। प्रतिष्ठानकाे प्रवक्तामा कवि करण तामाङ घलान सर्वसम्मत चयन भएको छ ।
यसैगरी अध्यक्षमा कवि रामकृष्ण गजुरेल अमर, उपाध्यक्षमा विष्णुप्रसाद सापकोटा, सचिवमा मुकुन्दराज अर्याल, काेषाध्यक्षमा जानुका दाहाल, सह सचिवमा प्रमिला परी तथा सदस्यहरुमा भगवती लामा, भगवती खनाल, रामप्रसाद चालिसे, राजकुमार अचार्य, महेस लामिछाने चयन भएका छन् ।
प्रतिष्ठानका सल्लाहकारका रुपमा कवि श्रीराम श्रेष्ठ र संरक्षकत्वमा पुष्कर लाेहनी रहेका छन् ।

निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै याे अधिवेशनले प्रतिष्ठानलाई बलियाे र सक्रिय कार्यसमिति प्राप्त गरेको कुरा प्रमुख अतिथि पुर्षाेतम दाहालले सम्बोधनको क्रममा बताए।

प्रकाशित: समय: 20:14:10  433पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार