धान दिवसमा नुवाकोटकाे कृषकलाई हाते ट्याक्टर प्रदान


करण तामाङ, तामाङपेज, नुवाकोट।
धान दिवसको अवसरमा नुवाकोट विदुर नगरपालिका कृषि विकास शाखाले १३ कृषि सहकारी संस्थाहरुलाई २२ थान हाते ट्याक्टर प्रदान गरेको छ ।

कृषि क्षेत्रकाे विकासमा टेवा पुर्‍याउने तथा कृषकलाई सहजता रहाेस भन्ने उदेश्यका साथ ट्याक्टर प्रदान गरिएको कृषि विकास शाखा प्रमुख सुनिता तामाङले तामाङपेजसंग बताईन्।

तामाङकाे अनुसार १० वटा सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर प्रदान गरिएको हाे भने वडा नं ३ मा रहेको बुदसिङघाट कृषि सहकारी र हाम्रो कृषि सहकारी संस्थालाई दुई /दुईवटा ट्याक्टर सत प्रतिशत अनुदानमा विदुर नगरपालिका कृषि विकास शाखाले प्रदान गरेको हाे।

प्रकाशित: समय: 18:48:41  409पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार