सांसद सिलवाल आफैं सरसफाईमा जुटे,गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियानको १७ औं शृङ्खला सकियो


तामाङपेज संवाददाता । 

ललितपुर । गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियानको आयोजनामा गोदावरी खोला लुङखुसीमा आईतबार १६ औं राष्ट्रिय धान दिवस तथा गोदावरी खोलाक्षेत्र सरसफाई साप्ताहिक अभियानको १७ औं शृङ्खला प्रतिनिधि सभाका सांसद नवराज सिलवालको विशेष आतिथ्यमा सम्पन्न भएको छ ।

सांसद सिलवाल आफैं सरसफाई अभियानमा  जुटेर गोदावरी खोलाको प्लाष्टिक ,फोहोर संकलन गर्नुहुदै गोदावरी खोला मात्र सरसफाई होईन अब आम नेपाली दाजुभाई तथा दिदिबहिनिहरुले आ- आफ्नो घर,आँगन ,छेउछाउका बाटोघाटो ,सार्वजनिक स्थलका मठमन्दीर ,पाटी ,पौवा,कुलो ,कुलेसा ,पानी धारा,विद्यालय ,चौंर ,खेल मैदान,खोला नालाको सरसफाईमा सके दैनिक नसके साप्ताहिक रुपमा सबै तपतहका नागरिकहरु अनिवार्य लाग्नु पर्छ भन्नुहुदै प्रत्येक नागरिकको मन र सोचमा स्वच्छताको सरसफाई पनि गर्नुपर्नेमा जोड दिनु भयो ।

अभियानले प्रत्येक आईतबार बिहान १० बजेदेखि ११ बजेसम्म साप्ताहिक रुपमा नियमित आयोजना गर्दै आएको अभियानमा सांसद सिलवाल धर्मपत्नी एवं सामाजिक अभियन्ता सिर्जना सिलवाल ,सांसद सिलवालका स्वकिय सचिव राजेन्द्र न्यौपाने,प्रविणजङ्ग थापा ,इसिआर एफ.एम अध्यक्ष अष्टमान किसि महर्जन ,गायिका मन्जु पौडेल,वाग्मती सरसफाई अभियन्ता चित्र सुनुवार,शेखर कार्की,किशोर सिंह शाही,विष्णुमती सरसफाई अभियन्ता शोभाकान्ता पाण्डे,सिरहा सरसफाई अभियन्ता धीरेन्द्र शाह,चक्रपथ सरसफाई अभियन्ता एवं पत्रकार दीपक थापा ,पत्रकार पुरु दहाल कैलाली ,महानगरिय प्रहरी प्रभाग इनिष्पेक्टर श्याम कटुवाल,किर्तिपुर अभियन्ता शुशिला महर्जन,राजमान मानव,नेपाल रेडक्रस सोसाइटी गोदामचौर अध्यक्ष नन्दबहादुर श्रेष्ठको सहभागिता रहेको थियो ।

गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियानकी मुख्य अभियन्ता एवं संयोजक बेबी राजभण्डारीले साप्ताहिक रुपमा महिला अभियन्ताहरुको विशेष सहभागिता साना – साना बालबालिकाको उपस्थितिमा जनचेतना घर – घरमा जगाउनको लागि अभियानको थालनी गरेको बताएकी थिईन ।

आईतबारको सरसफाई अभियानमा मुक्तिनाथ बैंकका कर्मचारीहरु,सिद्धिपुर महिला शशक्तिकरण समाज,सहारा फाउण्डेशन नेपाल,कलाकार एवं निर्देशक गणेश उपाध्याय,बालमैत्री प्रतिष्ठान,लिटिल ब्लेसिङ मण्टेश्वरी,हनुमन्ते सरसफाई अभियन्ता उत्प्रेरक रुद्र पौंडेल,गोदावरीका सरसफाई अभियन्ताहरु मन्जु भट्टराई ,तारा खड्का ,रन्जिता श्रेष्ठ ,नारायणी पाण्डे,शिक्षक,शिक्षिकाहरु,विद्यार्थीहरु,नेपाल प्रहरी,स्थानिय वासिन्दाहरु ,सरोकारवाला गरि करिव दुई सय जनाको सहभागिता रहेका  थिए ।

अभियानले १६ औं राष्ट्रिय धान दिवसको अवसरमा धान रोप्ने रोपाइँ कार्यक्रम ,नाँचगानको मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन गरेर सरसफाई तथा धान दिवस समेत मनाईएको थियो ।

 

 

 

प्रकाशित: समय: 18:47:39  777पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार