साम्सद नवराज सिलवालद्वारा बडीखेलमा तर्पेश्वर महादेव मन्दीर र गोदामचौंरको मोटरबाटो अनुगमन


तामाङपेज संवाददाता ।

ललितपुर ।

प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले गोदावरी नगरपालिका वडा न.१ गोदामचौंरको निर्माणधिन मोटरबाटो र गोदावरी  नगरपालिका वडा नं.४ बडीखेलको तर्पेश्वर महादेव मन्दीरको शनिबार स्थलगत अनुगमन गर्नु भएको छ ।

साम्सद सिलवालले तामाङपेजसङ्गको सम्पर्कमा पुननिर्माण प्राधिकरणबाट टाहाखेल,न्यौपाने गाउँ ,विष्ट गाउँ ,घ्याम्पेडाँडा बडीखेल,टौंखेलसम्मको मोटरबाटो पुननिर्माण तथा स्तर उन्नतिको लागि पचास लाख र गोदामचौंर मोटरबाटोको लागि पचास लाख रकम विनियोजित रकमले मोटरबाटो निर्माणको पुननिर्माण र स्तर उन्नति कार्य गरेको जानकारी गराएका छन् ।

प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले बडीखेलमा रहेको तर्पेश्वर महादेव मन्दीरको पनि अनुगमन गर्नु भएको छ। प्रतिनिधि सभाका साम्सद सिलवालले ललितपुर जिल्ला क्षेत्र नं.१ को वाग्मती ,कोन्ज्योसोम ,महाँकाल गाउँपालिका र गोदावरी नगरपालिकाको वडाहरुमा विनियोजित रकमको योजना ,कार्य प्रगतिबारे तिब्र उपमा अनुगमन गर्नु भएको छ ।

 

प्रकाशित: समय: 9:35:58  510पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार