तामाङपेज सम्बाददाता।
टोकियो जापान।
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए) जापानको आयोजनामा जुन २९ तारिख रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान जीवन दान” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै सम्पन्न भएको सो रक्तदान कार्यक्रममा करिव ४७ जना रक्तदाताहरु सहभागीमा ४०जनाले रक्तदान दिएका थिए।
रक्तदान कार्यक्रमलाई प्रभावकारी बनाउन जापानी समुदायमा नेपालीहरुको सकारात्मक र नेपाली पहिचानलाई स्थापित गर्न तथा स्थानीय जापानीहरुसंगको भाईचारा बढाउन योगदान पुग्ने बिस्वास व्यक्त गर्दै अध्यक्ष टाशी वाङदी लामाले रक्तदानमा उपस्थित हुनुहुने रक्तदाताहरुलाई धन्यवाद दिनु भएको छ ।
कार्यक्रम निरा उपाध्यायको संयोजकत्वमा जापान रेडक्रश टोक्यो मेट्रोपोलिटियन ब्लड सेंटरमा सम्पन्न भएको थियो।
आगामी दिनहरुमा पनि यसरी नै सामाजिक सेवालाई निरंतरता दिइने गैरआवसीय नेपाली संघ जापानले जनाएको छ।