बीना थिङ तामाङ महामण्डल युवा साहित्य सम्मानबाट सम्मानित


करण तामाङ, नुवाकोट।
नुवाकोट साहित्य प्रतिष्ठान नेपालको आयोजनामा स्रष्टा सम्मान, साहित्यिक गोष्ठी लगायत विविध कार्यक्रम आज शनिबार सम्पन्न भएको छ। प्रतिष्ठानले आफ्नाे १२औं वार्षिकोत्सबकाे अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा प्रतिष्ठान नेपालले महामण्डल युवा साहित्य सम्मानबाट मकवानपुरकी चेली स्रष्टा बीना थिङ तामाङलाई सम्मान गरेको छ । शनिबार भएको स्रष्टा सम्मान तथा साहित्यिक गोष्ठीमा स्रष्टा बिना थिङ तामाङ सहित डा नवराज लम्साल र जीवनाथ धमलालाई पनि साहित्य प्रतिष्ठानले सम्मान गरेको थियाे ।

कार्यक्रम प्रतिष्ठानकाे स्रष्टा करण तामाङ घलानकाे संयाेजकत्वमा सम्पन्न भएको थियो।

 

प्रकाशित: समय: 19:52:27  620पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार