गोटिखेलका गायक राजकुमार बन्जाराको देशभक्ति गीत युट्युवमार्फत सार्वजनिक


श्याम तामाङ ,तामाङपेज ।

ललितपुर ।

महाँकाल गाउँपालिका -३ गोटिखेलका वासिन्दा गायक राजकुमार बन्जाराको नयाँ गीत देशभक्ति गीत युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

स्वर,शब्द र सङ्गीत गायक बन्जाराको रहेको चन्द्र सुर्य अंकित यो झण्डा हाम्रो हातमा ,हिमाल ,पहाड,तराई एकै साथमा उठौं अब उठौं,उठौं हामी उठौं भन्ने गीत सार्वजनिक भएको हो ।

बाल्यकालदेखि नैं गीत,सङ्गीत भनेपछि हुरुक्कै हुने गायक बन्जाराले वि.सं.२०५३ सालमा रेडियो नेपालको वार्षिक उत्सवमा राष्ट्रिय गायन प्रतियोगितामा समेत भाग लिएका र आधुनिक गीततर्फ विरानो संसार नामक कोशेलीसमेत नेपाली गीत,सङ्गीतको पारखीमाझ ल्याई सकेका छन् ।

प्रकाशित: समय: 14:31:10  783पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार