काठमाडौं । सागा दावाको पावन अवसरमा हिमालयन दीपकर फाउण्डेशन(थाङकार देछेन छ्योलिङ गुम्बा),नागार्जुन नगरपालिका सितापाईला,छोरङान महिला समाज,बौद्ध तामाङ कल्याण गुठी,बौद्ध एकल महिलाको संयुक्त आयोजनमा बौद्ध ,फुलवारीमा शनिबार एक दिने नि:शुल्क दन्त शिविरको आयोजना गरेको छ ।
दक्ष र अनुभवी दन्त चिकित्सकहरुद्वारा दाँतको जाँच,मुखमा घाउ,खटिरा आएको स्थानहरुको सरसफाइ,दाँतमा फिसर,गिजामा सल्स ,सिमेन्टस ,हड्डी जोडने तन्तु,नसा,रक्तनली,इनामेल,डोम्टिन,पल्प चेम्बर ,एल्भिओलार हड्डी जस्ता अङ्गहरुको जाँचचेतनामुलक कार्य,स्वास्थ्य सेवा ,औंषधी वितरण जस्ता सेवाहरु १ सय ५० जना नागरिकहरुलाई स्वास्थ्य सेवा दिएको तामाङपेजसङ्गको कुराकानीमा पत्रकार अमित लामाले बौद्ध ,फुलवारीबाट जानकारी दिएका छन् ।