यो वर्ष पाँच करोड बिरुवा रोप्ने र प्रत्येक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने सरकारको घोषणा : प्रधानमन्त्री ओली


श्याम तामाङ ,तामाङपेज 

काठमाडौं ।

कोटेश्वर – कलंकी सडकखण्ड वृक्षारोपण महाअभियान कार्यक्रमको व्यापक जनसहभागिताकाबीच प्रधानमन्त्री केपि शर्मा ओलीले कोटेश्वरमा शनिबार शुभारम्भ गर्नु भएको छ ।

प्रमुख अतिथि एवं प्रधानमन्त्री ओलीले यो वर्ष देशभर पाँच करोड विभिन्न जातका विरुवाहरु रोप्ने र प्रत्येक वर्ष असार १४ गतेलाई नेपाल सरकारले राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने घोषणा गर्नु भयो ।

वृक्षारोपणमा पुग्नु भएका गृह मन्त्री रामबहादुर थापा बादलले तामाङपेजसङ्गको सम्पर्कमा वृक्षारोपण कार्यक्रमलाई नेपाल सरकारले एउटा महाअभियानको रुपमा लिएको ,आज शनिबार एक्कै चोटि नेपाल सरकार ,वन तथा वातावरण मन्त्रालयको आयोजनामा इतिहाँसमा नै पहिलो चोटि कोटेश्वरदेखि कलंकी सडकखण्डको दायाँ ,बायाँ साइडमा नेपाल सरकार उच्च तहका ब्यक्तित्वहरु ,मन्त्रीहरु ,प्रतिनिधि ,प्रदेश सभाका साम्सदहरु,युवाहरु,विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु,नेपाल प्रहरी ,नेपाली सेना ,शसस्त्र प्रहरी ,सरोकारवाला व्यक्तित्वहरु ,नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको हजारौं सहभागितामा वृक्षारोपण कार्यक्रम १४ किमि सडकखण्डमा गरिएको जनाउनु भएको छ ।

 

 

काठमाडौंको कोटेश्वर ,ललितपुरको बालकुमारी,ग्वार्को,सातदोबाटो,एकान्तकुना ,सानेपा हुँदै काठमाडौंको बल्खुदेखि कलंकीसम्म एक्कैसाथ गरिएको वृक्षारोपण कार्यक्रममा हजारौं जनमानसको उत्साहजनक सहभागिता रहेको थियो।

तस्बिर :

गृह मन्त्रालय ।

 

प्रकाशित: समय: 12:06:49  578पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार