कोन्ज्योसोम गाउँपालिकाको पाँचौं गाउँ सभा सम्पन्न,हरेक शुक्रबार हेल्लो अध्यक्ष र अध्यक्ष रोजगार कार्यक्रम थपियो


तामाङपेज संवाददाता ।

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिकाको पाँचौं गाउँसभा सोमबारदेखि शुरु भएको गाउँ सभा शुक्रबार नीति तथा कार्यक्रम ,विनियोजन विधेयक ,आर्थिक विधेयकमाथि व्यापक छलफल गरि गाउँ सभाबाट सर्वसहमत पारित गरेको छ ।

 

कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतानको सभाअध्यक्षतामा कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामा,वडा अध्यक्षहरु सन्तलाल लामा चौघरे,ध्रुव घिमिरे संखु,तिलक बम्जन तामाङ दलचोकी ,तिर्थ लामा नल्लु ,सुविन्द्र तामाङ भारदेउ,प्रमुख प्रशासकिय अधिकृत,गाउँपालिका तथा वडाका विभागीय कर्मचारीहरु,गाउँपालिका कार्यपालिका तथा वडाका वडा सदस्यहरुको सहभागितामा आ.व.०७६/०७७ को लागि २८ करोड २३ लाख ३९ हजार बराबरको आम्दानी राजस्व ,व्ययको अनुमानित बजेट स्वीकृत गरेको कोन्ज्योसोम गाउँपालिका श्रोतले जानकारी दिएका छन् ।

यस आ.व.मा कोन्ज्योसोम गाउँपालिकाले पुर्वधार विकास,कृषि,पर्यटन,पशु पंन्छी जस्ता योजनाहरुलाई यथावत निरन्तरता दिदै ,अध्यक्ष रोजागार र हरेक शुक्रबार हेल्लो अध्यक्ष कार्यक्रम गरि जनताको सरोकारवालाहरुबीच टेलिफोन संवादगरी गुनासो सुन्ने जस्ता नयाँ कार्यक्रम समेत समावेस गरेको छ ।

कोन्ज्योसोम गाउँपालिकाको नीति तथा कार्यक्रम ,विनियोजन तथा आर्थिक विधेयक पारित गर्दै शुक्रबार पाँचौ गाउँ सभा भब्य रुपमा सम्पन्न भएका छन् ।

प्रकाशित: समय: 7:25:08  670पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार