आरुघाट गाउँपालिका भित्रका कृषकहरुलाई आजदेखि अलैंची खेती तालिम शुरु


तामाङपेज संवाददाता ।

गोरखा ।

कृषि उद्यम केन्द्रको आयोजनामा सि.आर.एस. र एफ.एन.सि.सि.आई.को सहकार्यमा शुक्रबारदेखि गोरखा पुनर्स्थापना तथा पुनर्उत्थान कार्यक्रम अन्तर्गत अगुवा कृषकका लागि अलैंची खेती तालिम आरुघाट गाउँपालिकामा शुरु भएको छ ।

नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी  प्रदेस समितिका अध्यक्ष एवं प्रशिक्षक अजय तामाङले अलैंची खेती सम्बन्धी शुक्रबारदेखी तालिम शुरु भएको जनाएका छन् ।

तालिममा आरुघाट गाउँपालिकाका अलैंची खेती कृषकहरुको सहभागिता रहेको छ ।

प्रकाशित: समय: 1:10:34  441पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार