दुप्चेश्वर गाउँपालिकाको छैटौं गाउँ सभा अध्यक्ष योविन्द्रसिंह तामाङद्वारा समुदघाटन ,असार १५ गते बिहान ११ बजेसम्म गाउँ सभा स्थगित


तामाङपेज संवाददाता ।

नुवाकोट ।

दुप्चेश्वर गाउँपालिकाको छैटौं गाउँ सभाको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले समुदघाटन गर्नु भएको छ ।

छैटौं गाउँसभामा अध्यक्ष तामाङले आ.व.०७६/०७७ कार्य नीति ,बजेट लगायतका प्रतिवेदनहरु गाउँ सभामा प्रस्तुत गर्नु भएको थियो ।

सो छैटौं गाउँ सभामा दुप्चेश्वर गाउँपालिकाका वडाअध्यक्षहरु सुनबहादुर तामाङ घ्याङफेदी,दावा तामाङ गाउँखर्क ,ध्रुवकर केसि राउतवेसी ,इरमान तामाङ बेतिनी ,सन्च तामाङ बालकुमारी,किशोर आचार्य समुन्द्रटार,भेषबहादुर सिटौला शिखरवेशी ,प्रमुख प्रशासकिय अधिकृत,गाउँपालिका कार्यपालिका सदस्यहरु ,वडा सदस्यहरु,वडाका कर्मचारीहरु ,गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी प्रमुखहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थिए ।

छैटौं गाउँ सभामा प्रस्तुत गरिएको कार्य नीति ,बजेट लगायतका सवालमा गहन छलफल गर्नुपर्ने भएकाले गाउँ सभा असार १५ गते बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले  तामाङपेजसङ्गको सम्पर्कमा जानकारी दिएका छन् ।

सम्वृद्ध दुप्चेश्वर ,सुखी दुप्चेश्वर वासी भन्ने मुलनारा बोकेको दुप्चेश्वर गाउँपालिकाको २८ हजार भन्दा बढी जनसंख्या रहेको र यस  वर्षको बजेट विशेष गरि कृषि ,पर्यटन र पुर्वधारमा विशेष जोड दिएको बुझिएको छ ।

प्रकाशित: समय: 0:09:05  1101पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार