तामाङपेज संवाददाता ।
काठमाडौं ।
नेपाल तामाङ घेदुङका सङघीय महासचिव महितकुमार (बाबू घिसिङ) तामाङले केही दिन अघि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाले चितवनमा आयोजित एक कार्यक्रममा बोलेको अभिव्यक्तिको सवालमा घेदुङले आज जारी गरेको प्रेस विज्ञप्तिमा वि.सं. २०७६ हुनुपर्नेमा वि.सं. २०७५ असार १३ गतेको मिति राखेर विरोध जनाएको छ ।
तामाङपेजसङ्गको सम्पर्कमा नेपाल तामाङ घेदुङका सचिवालय सदस्यहरुले नाम सार्वजनिक नगर्ने शर्तमा घेदुङले विज्ञप्ति जारी गर्ने विषयमा कुनै औंपचारिक ,अनौपचारिक निर्णय नभएकोमा आक्रोश ब्यक्त गर्दै ललितपुर जिल्ला ,वाग्मती गाउँपालिकामा खादा गाउँपालिकाको ३४ औं बोर्ड बैठकले प्रयोग नगर्ने निर्णय ,केही दिन अघि समता अस्पतालमा झुण्डिएको अवस्थामा लास फेला पारिएको बिमला तामाङको बारेमा ,बौद्धमा चिनियाँ लामा भुपती बज्रले गरेको गलत कार्यको सवालमा , वाग्मती -२ माल्टाका ११ वर्षिय समीर लुङ्गबाले गरेको आत्महत्याको विषयमा ,अपहरणमा परेर पीडित भएका आर्यन तामाङको सवालमा घेदुङको बैठकमा विषयगत कुराहरु उठाउँदा नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय तामाङ परिषदका महासचिव मोहन गोले,महासचिव महितकुमार तामाङ लगायतले बेवास्ता गरेको र आज जारी विज्ञप्तिपनि सङ्घीय अध्यक्ष र महासचिवको मनोमानीमा प्रकाशन गरेकोमा आपत्ति जनाएका छन् ।
घेदुङका वर्तमान सचिवालयमा पदाधिकारीहरुले राखेको विषयलाई प्राथमिकतामा विषयगत रुपमा घेदुङका सङ्घीय अध्यक्ष गोलेले कुनै सुनुवाई नगरेकोप्रति घेदुङका सचिवालय सदस्यहरु,पूर्व केन्द्रीय अध्यक्षहरु र वर्तमान सल्लाहकारहरु समेत तिब्र रुपमा असन्तुष्टी ब्यक्त गर्दै मनोमानी ढङ्गले घेदुङको बैठकबिना जारी गरेको प्रेस विज्ञप्ति प्रति असन्तुष्टि ब्यक्त गर्दै ,यो एउटा क्लबको विज्ञप्ति होइन,नत्र हतारमा किन मिति एउटा एकिन नगरिकन कति औं नेपाल तामाङ घेदुङको बोर्ड बैठकले प्रेस विज्ञप्ति जारी गर्ने अधिकार दियो भनेर प्रश्न गरेका छन् ।
तिब्र असन्तुष्टी पछि तामाङपेजले सत्य तथ्य के हो? सो बारेमा बुझ्न नेपाल तामाङ घेदुङको सङघीय अध्यक्ष र महासचिवले बोक्ने मोबाइल नम्बरमा सम्पर्क राख्दा दुबै नेतृत्वले फोन उठाएनन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन अघि भरतपुर महानगरपालिकाले चितवनमा आयोजना गरेको एक कार्यक्रममा बोलेको अभिव्यक्तिप्रति सामाजिक संजालमा चर्को आलोचना,केही प्रवास तथा नेपालमा रहेका तामाङ संघसंस्थाहरुले प्रेस विज्ञप्ति जारी गरि विरोध भैरहेको छ ।
यस्बारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका एक पोलिटब्युरो सदस्यसङ्ग तामाङपेजले सम्पर्क राख्दा यो विषयबारे पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालसङ्ग आजै भेटी कुरा भएको यस्बारे सत्यतथ्य के हो ? त्यो बाहिर आउने जनाएका छन् ।