नुवाकोट साहित्य प्रतिष्ठान नेपालले स्रष्टा सम्मान तथा साहित्यिक गाेष्ठी भोलि शनिबार गर्दै


तामाङपेज संवाददाता।
नुवाकोट।

नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आफ्नाे १२औं वार्षिकोत्सबकाे अवसरमा स्रष्टा सम्मान, साहित्यिक गोष्ठी लगायत विविध कार्यक्रम भोलि शनिबार गर्ने भएको छ । कार्यक्रम प्रतिष्ठानकाे स्रष्टा करण तामाङ घलानकाे संयाेजकत्वमा हुने भएको हाे ।
कार्यक्रममा प्रतिष्ठानले तीन जना फरक जिल्लाका स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । स्रष्टा सम्मानमा मकवानपुरकी चेली बिना थिङ तामाङलाई महामण्डल युवा साहित्य सम्मानबाट सम्मान गरिने भएको छ । यसैगरी सम्मानित रहने स्रष्टा धादिङका डा.नवराज लम्साल र ओखलढुङगाका जीवनाथ धमला रहेको छ ।
कार्यक्रममा प्रतिष्ठानकाे आजीवन तथा मानर्थ सदस्य लिने स्रष्टाहरुलाई प्रमाणपत्र वितरण गर्ने कुरा पनि प्रतिष्ठानकाे अध्यक्ष रामकृष्ण गजुरेलले जानकारी दिनुभएको छ।

प्रकाशित: समय: 21:57:31  809पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार