नुवाकोटकाे विभिन्न ठाउँहरुमा धान दिवस मनाउने तयारीमा


करण तामाङ, संवाददाता ,तामाङपेज

नुवाकोट

यो वर्षको असार पन्ध्रमा नुवाकोटकाे विभिन्न ठाउँहरुमा धान दिवस मनाउने तयारी कृषकहरु जुटिरहेका छन् । नुवाकोट कृषि क्षेत्रमा निकै लाेकप्रिय जिल्लाका रुपमा मानिन्छ । भाैगाेलिक बनावट पनि नेपालको सिङ्गो भुभाग जस्तै समथर फाँटहरु , डाँडाहरु अनि माथिल्लो भाग अग्लाे पहाड मिलेर बनेको छ । यसै सुन्दर क्षेत्रहरुकाे पर्यटन प्रवर्द्धनका लागि धान दिवसको अवसरमा तरुण दल क्षेत्रीय सभाकाे संयोजकत्वमा नुवाकोटकाे ककनीमा धान दिवस मनाईने भएको छ ।

(तस्बिर : सामाजिक संजालबाट लिईएको ।)

यसै गरि नुवाकोटको बेलकाेटगढी , विदुर तारकेश्वर , दुप्चेश्वर लगायतका विभिन्न ठाउँहरुमा धान दिवस मनाउने तयारी तिव्र रहेको छ ।

प्रकाशित: समय: 19:59:09  374पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार