स्तुपा सामुदायिक अस्पताल बौद्ध,पिपलबोटमा पाठेघर तथा स्तन सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


तामाङपेज संवाददाता ।

काठमाडौं ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा स्तुपा सामुदायिक अस्पताल र छोरङान महिला समाजको सह आयोजनामा बिहीबार एक दिने पाठेघर तथा स्तन सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले महिला दिदीबहिनिहरुलाई स्वास्थ्यमा महत्वपूर्ण टेवा मिलोस भन्ने उद्धेश्यले निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको ,शिविरमा दुई सय भन्दा बढी महिलाहरुलाई नि:शुल्क औंषधी वितरण तथा पाठेघर,स्तन सम्बन्धि विभिन्न रोगको परिक्षण दिई स्वास्थ्य सेवाबारे चिकित्सकहरुले जानकारी समेत दिइएको जनाएका छन् ।

शिविर अपरान्हसम्म संचालन भएको छोरङान महिला समाजका अध्यक्ष माया थिङले तामाङपेजसङ्गको कुराकानीमा जनाएकी छिन् ।

तस्बिर :

अमित लामा सह-सम्पादक छ्योर्तेन मासिक ।

 

 

प्रकाशित: समय: 17:57:01  895पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार