विरुवा रोप्ने महाअभियान भोलि असार १४ गते बिहान ८ बजे काठमाडौंको कोटेश्वरदेखि कलंकीसम्म हुँदै


तामाङपेज संवाददाता ।

काठमाडौं ।

नेपाल सरकार,वन तथा वातावरण मन्त्रालयको आयोजनामा भोलि असार १४ गते बिहान ८ बजे काठमाडौंको कोटेश्वरदेखि कलंकीसम्म करिब १४ किमि मोटरबाटो चक्रपथ छेउछाउमा दुवैतिर विरुवा रोप्ने महाअभियान वृक्षारोपण कार्यक्रम हुने भएको छ ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं सामाजिक अभियन्ता ,सहकारीकर्मी रामहरि बजगाईले नेपाल सरकारले आयोजना गर्ने उक्त महाअभियानमा सहभागी हुन ललितपुरका सम्पुर्ण सहकारीकर्मी,पदाधिकारीहरु,कर्मचारीहरु,सामाजिक अभियन्ताहरु,सरोकारवालाहरुमा अनुरोध गरेको तामाङपेजसङ्गको सम्पर्कमा जनाएका छन् ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले बिरुवा रोप्ने वृक्षारोपण गर्ने यस कार्यक्रमलाई महाअभियानको रुपमा लिएको छ ।

तस्बिर :

सामाजिक संजालबाट लिईएको ।

 

प्रकाशित: समय: 14:40:08  402पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार