तामाङपेज संवाददाता ।
ललितपुर ।
वाग्मती गाउँपालिका वडा नं.४ प्युटारस्थित नेपालडाँडामा कालेश्वर महादेव मन्दीर निर्माणको कार्य अन्तिम चरणमा पुगेको कालेश्वर महादेव मन्दीर निर्माण उपभोक्ता समितिका सचिव कमल बम्जन तामाङले बताएका छन् ।
समितिका सचिव बम्जनले निर्माण कार्य गर्न पनि पानी ,अन्य निर्माण सामग्री बोकेर निर्माण र जिर्णोद्वार गर्नुपर्ने समस्या रहेकाले निर्माणमा ढिलाई भएको बताउनु भयो।
वाग्मती गाउँपालिकाको रु.३ लाख बजेटबाट निर्माण कार्य अन्तिम चरणमा पुगेको समितिका सचिव कमल बम्जन तामाङले बताउनु भएको छ ।
स्थानिय वासिन्दा ,संचारकर्मी एवं तामाङ डाजाङका केन्द्रीय सचिव प्रकाश थिङ तामाङले तामाङपेजसङ्गको सम्पर्कमा प्युटार नेपालडाँडामा कालेश्वर महादेव मन्दीर निर्माणले यस क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्य बन्न सक्ने र प्रत्येक वर्ष कालेश्वर महादेव मन्दीरमा चैत्र पुर्णिमाका दिन जात्रा तथा पुजापाठ गर्दै आएको जनाएका छन् ।