असारे चोली

-सीता नेपाली,गोदावरी,ललितपुर ।

गीत:

असारे चोली फेरिन कान्छा म रोपाइँ गैंननी

बाउसे तिमी नौं डाँडापारी म रोपहार भैंननी

फलाउने अन्न भकारी टन्न त्यो दिन रहेननी

काम गर्ने हात बिदेसमै चल्छन् यहाँ कामै भएननी ।।१.।।

 

बज्दैनन अब बेठीको बाजा म नाँच्न नपाइननी

असारे फुल सिउँरेर केशमा म हाँस्न पाइननी

रामेको कोदाली सललल गर्दै बगेन हिलोमा

मायाको बात सुनाउन पाइन् धान झार्ने खोलामा ।।२.।।

 

अक्षता बीउ चढाउँथे आलिमा त्यो देख्न पाइननी

अर्म र पर्म पाखुरी साटने संगिनी छैन्ननी

असारे गीत हामी दुई गाउँथ्यौ म एक्लै गाउँदिन

बैंसालु आँखा छन् बाटो छेक्ने म बेसिं धाउँदिन ।।३.।।

 

बर्सौं बिते बिछोडका दिन यत्तिका सहिननी

तिमी बिते बिछोडका दिन यत्तिका सहिननी

तिमी बाहेक बुझिदैछ कान्छा म अरुको भैननी

हिलोमा लाप्पा खेलेको कान्छा याद आउँछ मनमा

अतित सारा बिउँझेर आउँछन् म्वाँए खान्छन् तनमा।।४.।।

 

(नोट : लेखिका, ललितपुर जिल्ला,गोदावरीका वासिन्दा विगत लामो समयदेखि साहित्यको क्षेत्रमा कविता,गीत,गजल लेख्दै साहित्यमा योगदान दिनुहुने एक सर्जक हुन् ।)

प्रकाशित: समय: 11:15:38  721पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार