६० जना रक्तदाताले नाम दर्ता गराउँदै कार्यक्रमको तयारी पूरा


तामाङपेज संवाददाता।
जापान।
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए) जापानले जुन २९ तारिख रक्तदान कार्यक्रमको आयोजना गरेको छ । “रक्तदान जीवन दान” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै रक्तदानको लागि करिव ६० जना रक्तदाताहरुले नाम दर्ता गराएको आयोजकले जनाएको छ। परिषदले आवश्यक तयारी र सहजिकरणको लागि निरा उपाध्यायलाई संयोजकको ज़िम्मेवारी दिईएको र कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनु भयो।
रक्तदान कार्यक्रमलाई प्रभावकारी बनाउन जापानी समुदायमा नेपालीहरुको सकारात्मक र नेपाली पहिचानलाई स्थापित गर्न तथा स्थानीय जापानीहरुसंगको भाइचारा बढाउन योगदान पुग्ने अध्यक्ष टाशी वाङदी लामाले बिश्वास व्यक्त गर्नु भयो साथै यसै सूचनालाई आधार मान्दै रक्तदानमा उपस्थित भई दिन हुन समेत अनुरोध गर्नु भएको छ ।
जापान रेडक्रश टोक्यो मेट्रोपोलिटियन ब्लड सेंटर ओएदो लाइन वाकामाचु खवादा स्टेशन उपस्थितिको लागि सहज हुने र समय १२:०० बजेबाट बेलुकी ४:०० बजे सम्म हुने गैरआवसीय नेपाली संघ जापानले जनाएको छ।

रक्तदानमा जाने सजिलो बाटो:-
सिनओकुवो स्टेसनबाट पैदल ओकुवो दोरी (टोकियो रोदी घर)हुँदै चौवाटो पुगे पछि दायाँ मोडियर १ मिनटमा हिगाशी शिन्जुकु स्टेसन पुगिन्छ। (स्टेशनको भवन नै जापान रेडक्रसको भवन हो)

प्रकाशित: समय: 7:09:12  677पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार