मलेशियामा पक्राउ परेका कलाकार स्वदेश फर्किए


क्वालालम्पुर,जुन-२७

मुस्लिमहरुको महान पर्व हरिरायाको अवसरमा साँस्कृतिक कार्यक्रमको लागि गत जुन-६ मा मलेशिया आएका कलाकारहरु २४ दिनको जेल बसाई पछि आज स्वदेश फर्किएका छन।मलेशियाको सार्वजनिक बिदाको अवसरमा अनलाइन सेमुल प्रयोगकर्ताहरुको समूह एस.एस.ओ.जीले आयोजना गरेको धमका एकमा भाग लिन गायकद्वय सुनिता थेगिम,श्रेया राई र सुजन आङ्ग्देम्बे मलेशिया आएका थिए।

उक्त कार्यक्रममा सहभागी हुँदा क्वालालम्पुरको कोतराया कम्प्लेक्सको कार्यक्रम स्थलबाटै मलेशिया अध्यगमन बिभागले छापा हान्दा पक्राउ परेका थिए। स्थानीय कलाकार,आयोजक र दर्शक सहित ३२ जना अध्यागमनको छापामा परेका हुन। कार्यक्रम आयोजकले नेपालबाट कलाकार ल्याउदा मलेशियन सरकारी नीतिको मापदण्ड बिपरित ल्याएर साँस्कृतिक कार्यक्रम गरेको भन्ने अनुसन्धानमा देखिए पछी कलाकारहरुलाई जेल राखेको हो।

मलेशियाको विभिन्न चार्डपर्बहरुको बिदामा नेपालबाट कलाकार ल्याएर कार्यक्रम गर्दा सरकारी नीति र मापदण्ड प्रक्रिया पूरा गर्न समेत नेपाली दूतावासले आयोजकहरुलाई केही दिन अघि बिज्ञप्ति समेत जारी गरेर सचेत गराएको छ। मलेशियाका नेपाली राज दूतावास तथा संघ-संस्थाहरुको समन्वय र पहल पछी आज मलेशिया प्रशासनले जेल मुक्त गरेको हो भने आयोजकले स्वदेश फर्किने टिकट दिए पछी आज दिनको ३:४० को मालिन्डो विमानबाट सकुशल स्वदेश फर्किएका छन।

प्रकाशित: समय: 19:57:40  524पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार