आपा ङाच्छाको रजत जयन्ती सम्पन्न ,काभ्रेकी सगरमाथा आरोही शर्मिला स्याङतान सम्मानित


तामाङपेज संवाददाता ।

काठमाडौं ।

तामाङ भाषाको टेलिसिरियल आपा ङाच्छाले २५ औं भागमा प्रवेश गरेको अवसरमा शनिबार ह्याङला सिने मिडिया हाउसको आयोजनामा राजधानीको नाँच घर जमलमा तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यमा बृहत् साँस्कृतिक तथा सम्मान कार्यक्रम गरेको छ ।

आपा ङाच्छा टेलिसिरियलका निर्देशक जयनकुमार मोक्तानले तामाङपेजसङ्गको सम्पर्कमा प्रमुख अतिथि एवं संघका केन्द्रीय अध्यक्ष थोकरले वि.सं.०७६ जेष्ठ ८ गते बिहान ८:४५ बजे विश्वको अग्लो चुचुरो सगरमाथामा पाईला टेक्न सफल काभ्रेकी सगरमाथा आरोही शर्मिला स्याङतान तामाङलाई सम्मान पत्र,खादाद्वारा सम्मान गर्नु भएको थियो ।

तामाङ भाषिक टेलिसिरियल आपा ङाच्छा डिसहोममा प्रसारण हुँदै आएको छ ।

शनिबार जमलस्थित राष्ट्रिय नाँचघरमा व्यापक जनसहभागितासाथ रजत महोत्सव सम्पन्न भएको थियो।

प्रकाशित: समय: 15:21:05  614पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार