जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको भवन पुननिर्माण कार्य थालनी भएको अध्यक्ष माधव दुलालद्वारा जानकारी,भवन रु.५ करोड १७ लाखमा बन्ने


तामाङपेज संवाददाता ।
ललितपुर ।

आजभन्दा ४८ वर्ष अघि स्थापित जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको भवन पुननिर्माण कार्य एक हप्ता अघिदेखि शुरु भएको अध्यक्ष माधव दुलालले बताउनु भएको छ ।

तामाङपेजसङ्गको कुराकानीमा करिब १८ महिना अघिदेखि निर्माण कार्य विविध कारणले रोकिएको यस संघको भवन पुन निर्माण कार्य शुरु भएको र भवन रु.५ करोड १७ लाखको लागतमा निर्माण सम्पन्न हुने जनाएका छन् ।

 

ललितपुरको महालक्ष्मिस्थानमा निर्माण हुन लागेको भवन सुबिधा सम्पन्न भवन बन्ने भएपछि जिल्ला सहकारी संघ लिमिटेडमा आवद्ध सहकारीकर्मीहरुमा खुशिको वातावरण छाएको छ ।

संघका जिल्ला अध्यक्ष माधव दुलालले हाल ७ सय ५१ वटा सहकारी आवद्ध भएको जनाएका छन् ।

 

प्रकाशित: समय: 14:27:49  674पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार