श्याम ङेसुर तामाङ ,तामाङपेज ।
काठमाडौं ।
शान्तिका अग्रुदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा नेपालको तीन महाचैत्यहरु बौद्ध,स्वयम्भू हुँदै नमोबुद्धसम्म शान्ति दौडमा सहभागिहरुलाई श्री बौद्धनाथ क्षेत्र विकास समिति र बुद्ध मुर्ति निर्माण समितिको संयुक्त आयोजनामा बौद्धस्थित होटल हर्मिकामा श्रीलंकाका राजदुत डब्लु.एस.परेसको प्रमुख आतिथ्यमा बुधबार प्रशंसा पत्र प्रदान गर्नु भएको छ।
खेलाडी,फोटोग्राफर चन्द्रजीत मोक्तान,शुवासराज शाक्य,रत्न तुलाधरलाई प्रमुख अतिथि एवं श्रीलंकाका राजदुत डब्लु.एस.परेसले प्रशंसा पत्र प्रदान गरेकी थिइन् ।
सो समारोहमा श्रीलंका राजदुत परेस ,श्री बौद्धनाथ क्षेत्र विकास समिति अध्यक्ष चन्द्रमान लामा,श्री बौद्धनाथ क्षेत्र विकास समिति पुर्व अध्यक्ष एवं बुद्ध मुर्ति निर्माण समिति अध्यक्ष सम्पुर्णकुमार लामा,बौद्ध विद्धान टीका शेर्पा लगायतले बौद्ध धर्मको सवालमा मन्तब्य राखेका थिए ।
मकवानपुरको हेटौंडामा नवनिर्मित भगवान बुद्धको मुर्ति निर्माणका लागि दाताहरुले रु.२ लाख ५० हजार रुपैयाँ बुद्ध मुर्ति निर्माण समितिका अध्यक्ष सम्पुर्णकुमार लामालाई प्रदान गर्नु भएको थियो ।
उक्त समारोहमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका पुर्व कार्यकारी निर्देशक एवं बौद्ध धर्मगुरु आचार्य नुर्बु शेर्पा ,बौद्ध धर्मगुरुहरु,समाजसेवी टासिकुमार लामा लगायत विशिष्ट व्यक्तित्वहरु,श्री बौद्धनाथ क्षेत्र विकास समिति,बुद्ध मुर्ति निर्माण समितिका पदाधिकारीहरुको सहभागिता रहेका थिए ।