तामाङपेज संवाददाता ।
रामेछाप ।
खाँडादेवी गाउँपालिका – २ निगालपानीमा अवस्थित श्री सरस्वती आधारभुत विद्यालयका ३६ जना छात्र,छात्राहरुले सोमबार लुक्स नेपालको आयोजनामा स्थानिय लामाटोलका कृषक रामलाल तामाङले संचालन गरेको अर्गानिक तरकारी कृषि फर्मको अवलोकन तथा अध्ययन भ्रमणमा विद्यार्थीहरु उत्साहित भएर झुमेको लुक्स नेपालकी कर्मचारी अंकिता योन्जन तामाङले बताएकी छिन् ।
लुक्स नेपालकी कर्मचारी योन्जनकानुसार श्री सरस्वती आधारभुत विद्यालयका छात्रा -२४,छात्र-१२ जना विद्यार्थीहरुले फर्मका संचालक रामलाल तामाङसङ्ग तरकारी खेती त्यस्मा पनि अर्गानिक तरकारी खेतीको खेती गर्ने तरिकाका बारेमा जिज्ञासा राखेका थिए ।
संचालक तामाङको फर्ममा काउली,बन्दाकोपी ,खुर्सानी ,गोलभेंडा,काक्रो ,घिरौंला,तिते करेला लगायतका तरकारीहरु फर्ममा विद्यार्थीहरुले अवलोकन ,अध्ययन गर्दै कृषि सम्बन्धि विशेष गरि तरकारी खेतीका बारेमा दुई घण्टा फर्ममा नै घुमफिर गरेर कुराकानी गरेको लुक्स नेपालकी कर्मचारी अंकिता योन्जनले बताइन् ।
विद्यार्थीहरुमा अभ्यासमुलक शिक्षा सम्बन्धि व्यवहारिक ज्ञान हासिलहोस् भन्ने उद्धेश्यले अर्गानिक कृषि फर्मको अवलोकन ,अध्ययनको लागि विद्यार्थीहरुलाई भ्रमणमा सहभागी गरेको जनाउनु भएको छ ।