ललितपुर ढोलाहिटीमा च्याउँ खेतिगर्ने किसानको भेला तथा सदस्यता वितरण कार्यक्रम


तामाङपेज संवाददाता ।

ललितपुर ।

देशभरीका च्याउँ किसानहरु एक हौं भन्ने मुलनाराकासाथ ललितपुरको ढोलाहिटीमा रहेको फ्लोरा रिसोर्ट एण्ड पार्टी प्यालेसमा शनिबार च्याउँ उत्पादक किसान संघ केन्द्रीय कार्य समितिको आयोजनामा च्याउँ खेति गर्ने किसानको भेला तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको संघका केन्द्रीय सहाध्यक्ष चित्रराज तिमल्सिनाले जनाएका छन् ।

च्याउँ उत्पादक संघका केन्द्रीय सह अध्यक्ष तिमल्सिनाकानुसार ३५ जना किसानहरुलाई सदस्यता वितरण,विभिन्न छलफल र तीन महिना भित्रमा मकवानपुरको हेटौंडामा च्याउँ उत्पादक संघ प्रदेश न.३ को प्रदेश स्तरिय भेला गर्ने बताउनु भएको छ ।

प्रकाशित: समय: 8:50:04  714पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार