तामाङपेज संवाददाता ।
मकवानपुर ।
महायज्ञ मुल समारोह समितिको आयोजनामा थाहा नगरपालिका -२ पालुङमा रहेको श्री मत्स्य नारायण माविमा प्राविधिक शिक्षालय स्थापना र पाथिभरा क्षेत्र विकास समितिको कोष निर्माण गर्न असार १९ गतेदेखि २५ गतेसम्म साताव्यापी श्रीमद भागवत पितृमोक्ष सप्ताह विराट ज्ञान महायज्ञ मकवानपुर क्षेत्र न.२ का प्रतिनिधि सभाका साम्सद विरोध खतिवडाको प्रमुख आतिथ्यमा उदघाटन हुने कुरा संयोजक नवराज विष्टले जनाउनु भएको छ ।
राजधानीमा समितिको बसेको बैठक तथा छलफलले हिन्दु धर्मका १८ पुराणका सरस प्रबक्ता बालव्यास नारायण न्यौपाने ( कृष्णचरण मृत) प्रमुख कथावाचकको विशेष आतिथ्यमा महायज्ञमा सहभागिताको लागि समस्त दाजुभाई तथा दिदिबहिनीहरुलाई आमन्त्रणा गरिएको महायज्ञ मुल समारोह समितिका संयोजक विष्टले बताएका छन् ।