दार्शनिक रुपचन्द्र विष्टको सम्झनामा २० औं स्मृति दिवस सम्पन्न


तामाङपेज संवाददाता ।

काठमाडौं ।

रुपचन्द्र विष्ट स्मारक समिति नेपालको आयोजना र मकवानपुरे समाज काठमाडौं तथा दामन पोष्टको सह आयोजनामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा र रुपचन्द्र विष्ट स्मारक समितिका अध्यक्ष रामनारायण विडारीको सभाअध्यक्षतामा शनिबार राजधानीमा सम्पन्न भएको छ ।

सह आयोजक संस्थामा मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुणकुमार गुरुङले राष्ट्रिय पंचायतका सदस्य थाहा आन्दोलनका अभियन्ता स्वर्गीय दार्शनिक ,वरिष्ठ नेता रुपचन्द्र विष्टले समाजमा पुर्याउनु भएको अतुलनिय योगदानको बारेमा विभिन्न बक्ताहरुले चर्चा परिचर्चा गरि भब्य रुपमा भएको जानकारी गराएका छन् ।

 

स्वर्गीय विष्टको स्मृति दिवसमा विशेष गरि मकवानपुरे दाजुभाई तथा दिदिबहिनिहरु ,अन्य महानुभावहरुको व्यापक सहभागिता रहेको थियो।

प्रकाशित: समय: 7:36:21  575पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार