तामाङपेज संवाददाता ।
ललितपुर ।
महाँकाल गाउँपालिका वडा नं. १ बुखेलस्थित श्री कालिदेवी माविका निमित्त प्रधानध्यापक उद्योगप्रसाद तिमल्सिनाले बुधबार महाङकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालसमक्ष राजिनामा पत्र पेश गरेका छन् ।
लामो समयदेखि एक छत्र प्र.अ.भएर श्री कालिदेवी माविको नेतृत्व सम्हालेका तिमल्सिनाले एक्कासी दिएको राजिनामाले दक्षिण ललितपुर र ललितपुर जिल्लाको विद्यालयहरुमा तरङ्ग मच्चिएको छ ।
प्र.अ.तिमल्सिना ,नेपाल शिक्षक संघ ,जिल्ला कार्य समिति ,ललितपुरको जिल्ला सचिव र शिक्षक महासंघ ,महाँकाल गाउँपालिकाको अध्यक्षको समेत नेतृत्व सम्हालेका श्री कालिदेवी माविका प्र.अ. भएर धेरै वर्ष प्र.अ.को नेतृत्व सम्हाल्नु भएका एक शिक्षक नेतृत्व हुन् ।
राजिनामा पत्र पेश भएको खबर प्राप्त भएपछि महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहाललाई मोबाइलमा कल गर्दा मोबाइल उठाएन भने यता राजिनामा दिएका प्र.अ.उद्योगप्रसाद तिमल्सिनालाई तामाङपेजले सम्पर्क गर्दा मोबाईल अफ थियो नै।
श्री कालिदेवी माविका प्र.अ.उद्योगप्रसाद तिमल्सिनाले राजिनामा पत्रमा हाल विशेषकारण वश आफू त्यो पदमा बसि कार्य गर्न असहमति रहेकाले राजिनामा पेश गरेको राजिनामा पत्रमा उल्लेख छ ।
महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले भने गाउँपालिकालाई प्राप्त निवेदन उपर श्री कालिदेवी मावि विद्यालय व्यवस्थापन समितिको पुर्णता भएपछि गाउँपालिकाको शिक्षा नियमावलीनुसार कार्वाही अगाडी बढाउने भनेर लिखित रुपमा तोक गरेका छन् ।
श्री कालिदेवी माविका प्र.अ.उद्योगप्रसाद तिमल्सिनाले राजिनामा दिएको सन्दर्भमा सत्य तथ्य के हो? भनेर महाँकाल -१ बुखेलका वडाअध्यक्ष खोमप्रसाद गौतमलाई तामाङपेजले सम्पर्क गर्दा वडाअध्यक्ष गौतमको मोबाइल फोन पनि उठेन।
शिक्षक नियमावलीनुसार माविको प्र.अ.सोही तहकै हुनुपर्ने भएकाले श्री कालिदेवी माविको प्र.अ.उद्योगप्रसाद तिमल्सिनाले निमित्त प्र.अ.कागजी रुपमा लेखेतापनि विगत लामो समयदेखि एकछत्र विद्यालयको प्र.अ.तिमल्सिनाले नै सम्हालेका हुन् ।
के कारणले कुन विषयमा एक्कासी श्री कालिदेवी माविका प्र.अ.उद्योगप्रसाद तिमल्सिनाले प्र.अ.पदबाट राजिनामा दिए,त्यो भने सोचनिय विषय बनेको छ ।