पकरवासको थार्पा छ्योइलिङ गुम्बालाई सरकारी मान्यता

प्रमुख लामा दिलबहादुर लामा रहेको व्यवसायी राज घिसिङ तामाङद्वारा जानकारी

 तामाङपेज संवाददाता

रामेछाप ।

खाँडादेवी गाउँपालिका वडा न.५ पकरवासमा स्थापित थार्पा छ्योइलिङ गुम्बाले बुधबार सरकारी मान्यता प्राप्त गरेको छ ।

व्यवसायी एवं समाजसेवी राज घिसिङ तामाङले तामाङपेजसङ्गको कुराकानीको क्रममा लामो समयको प्रयासपछि गुम्बाका प्रमुख लामा दिलबहादुर लामा प्रमुख लामा रहने गरि नेपाल सरकार,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ,बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति ,श्रीमहल ,पुल्चोक,ललितपुरबाट वि.सं.२०७६ असार ११ गते बुधबार दिन ,च.नं.६५५/प.सं.०७५/०७६ रहेको गुम्बा दर्ता प्रमाणपत्र नम्बर ८७२ रहेको प्रमाणपत्र समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङद्वारा हस्ताक्षरित पत्र प्राप्त भएको जानकारी गराएका छन् ।

सरकारी मान्यता प्राप्त गर्न धेरै समय लागेको व्यवसायी एवं समाजसेवी राज घिसिङ तामाङले बताए।

प्रकाशित: समय: 19:38:27  572पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार