पहिलो राष्ट्रिय तामाङ सम्मेलनका अध्यक्ष जुद्धवीर पाख्रीनको निधन

पाख्रीनको निधनले तामाङ समुदायमा अतुलनीय क्षति भएको तामाङ अगुवाको भनाई

श्याम ङेसुर तामाङ ,तामाङपेज।

काठमाडौं ।

ताम्बा काइतेनका लेखक,इतिहाँसकार एवं कर्णेल स्वर्गीय  सन्तविर पाख्रीनका सुपुत्र प्रथम राष्ट्रिय तामाङ सम्मेलनका अध्यक्ष,तामाङ अगुवा,राजनीतिज्ञ एवं समाजसेवी जुद्धवीर पाख्रीन तामाङको उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा बुधबार निधन भएको छ ।

वि.सं.२०३६ सालमा तामाङ सेवा समितिको तर्फबाट पहिलो राष्ट्रिय तामाङ सम्मेलनको अध्यक्ष ,तामाङ अगुवा ,राजनीतिज्ञ एवं समाजसेवीको रुपमा जातिय उत्थान ,जागरणका लागि योगदान दिनु भएका जुद्धवीर पाख्रीन तामाङले तामाङ जाति पछाडि पर्नुको प्रमुखकारकतत्व गरिबी र अशिक्षा त्यसपछि राज्यले दिने सुविधामा अवसर नदिई विभेद भएकाकारण तामाङ जाति अघि बढन नसकेको बारम्बार तामाङ नेतृत्व ,अगुवा ,पत्रकार र सरोकारवालाहरुसङ्ग भेटघाटको क्रममा आफ्नो बिचार राख्दै आउनु भएको थियो ।

 

स्वर्गीय तामाङ अगुवा ,राजनीतिज्ञ,समाजसेवी एवं प्रथम पहिलो राष्ट्रिय तामाङ सम्मेलनका अध्यक्ष जुद्धवीर पाख्रीनको निधनले तामाङ समुदायमा अतुलनीय क्षति भएको,अन्तिम श्रद्धाञ्जली दिन पशुपति विधुतिय सब गृह पुग्नु भएका नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष एवं नेता परशुराम तामाङले बताए ।

 

स्वर्गीय पाख्रीनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्व मन्त्री,सांंसद,नेपाल तामाङ घेदुङका पदाधिकारीहरु,पाख्रीन तामाङ समाजका पदाधिकारीहरु,विभिन्न तपतहका तामाङ नेतृत्वहरु ,सामाजिक अगुवा,व्यवसायी ,पत्रकारहरु,आफन्तजन अन्तिम संस्कार गर्ने क्रममा श्रद्धाञ्जली ब्यक्त गर्न पशुपति विधुतिय सब गृह,गौशाला,काठमाडौं पुगेका थिए ।

स्वर्गीय जुद्धवीर पाख्रीन तामाङ ,तामाङ सेवा समिति,प्रथम तामाङ राष्ट्रिय सम्मेलनका अध्यक्ष ,पाख्रीन तामाङ समाजका केन्द्रीय सल्लाहकार लगायतका संघ,संस्थाहरुमा आवद्ध हुनु भएको थियो।

 

प्रकाशित: समय: 18:35:17  1226पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार