हे.हे.मेरि आमै हो……

फानु बल तामाङ (चिन्ता नेप्टी) चितवन राप्ती हाल: प्रवास

(तस्बिर : ललितपुर बुखेलका कृषकहरु खेतमा धान रोप्दै,असारे गीत गाउँदै।)

इतिहाँसै छ,त्यो समय उखान हुन्छ अहिले

जब असार भित्रीन्छ मनमोहक हुन्छ जहिले

असारे महिना हरियालीले झ्याम्म छाउँदैछन्

किसानहरु पसिना बगाउँदै खेतमा खटदैछन्

हे.हे.मेरि आमै हो…….

 

खेतमा हिलो तयारी हुन्थ्यो हलगोरु जोतेर

रोपारी घुम्दै खेतको बीचमा भकारी बाँधेर

जवान लाठे दाजुभाइ बोकि हातमा कोदाली

सम्याउदै हिलो गाउँदै गीत उकाली ओराली

हे.हे.मेरि आमै हो……………

 

छुपुमा छुपु बाहा भरी मेलो असारे गीत गाउँदै

बेठीको संस्कृती पन्चेबाजा म पनि रमाउँदै

बाजाको तालमा याद छ अझै छमछमी नाँंचेको

दुई हातमा बीउ बोकी लरक्कै कम्मर भाँचेको

हे.हे.मेरि आमै हो ………..

 

झझल्को छ आलिमा बसि खाजा खाएको

रोपारी र बाउँले घमासान दोहोरी गाएको

असारे मासको दब्दबे हिलो त्यो गैरी खेतमा

अचम्मै हुन्थ्यो साँझ पर्दासम्म हिलो खेलमा

हे.हे.मेरि आमै हो …………….

 

गीत गाउन अब जमाना आए इर्ष्याको रटन

अर्काको शब्द चोर्दै र बुन्दै गीत गाउने चलन

निकाल रचना भावमा डुब्दै हररर- फुराउँदै

असार गीतमा मीठो स्वर झिक्दै हाँस्दै रमाउँदै

हे.हे.मेरो आमै हो……।

 

नोट: लेखिका लामो समयदेखि साहित्यको क्षेत्रमा विशेष गरि कविता,मुक्तक,गीत लेखनमा कलम चलाउँदै साहित्यको क्षेत्रमा कलम चलाउँदै आउनु भएको छ ।

 

प्रकाशित: समय: 17:30:47  1142पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार