तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्र ट्रष्ट न्युयोर्कको संयोजकमा इन्द्र तामाङ निर्विरोध ,कार्यकाल तीन वर्षको रहने


अमेरिका । तामाङ सोसाइटी अफ अमेरिका हाल तामाङ सोसाइटी अफ नर्थ अमेरिका सेन्ट्रल कमिटी अन्तर्गत रहेको न्युयोर्कमा तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्र स्थापना गर्ने परियोजनाको आइतबार बसेको विशेष भेलाले औपचारिक रुपमा तामाङ सोसाइटी अफ न्युयोर्कलाई हस्तान्तरण गरेको छ ।

विशेष भेलाले तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्र ट्रष्टको संयोजकमा इन्द्र तामाङको संयोजकत्वमा सहसंयोजक भरतराज लामा,फुर्वा घिसिङ,सचिव राम पाख्रीन ,सहसचिव छेमाङ तामाङ,कोषाध्यक्ष दीपेन्द्र लामा,सहकोषाध्यक्ष सुनिता घिसिङ तामाङ रहेका छन् ।

ट्रष्टको सदस्यहरुमा सुवास लामा,सुर्य तामाङ,लालमान तामाङ,अमर तामाङ ,कुन्साङ लामा,धनबहादुर बम्जन,मनोज लामा रहनु भएको छ भने तामाङ सोसाइटी अफ नर्थ अमेरिका अध्यक्ष लक्यान लामा र तामाङ सोसाइटी अफ न्युयोर्ककी अध्यक्ष गोमा योन्जनलाई पदेन सदस्यमा छनोट गरेको न्युयोर्कबाट सामाजिक अभियन्ता एवं वरिष्ठ ब्युटीसियन निमा गोले तामाङले तामाङपेजसङ्गको सम्पर्कमा बताउनु भएको छ ।

प्रकाशित: समय: 19:50:16  524पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार