मकाउमा नेपाल भ्रमण वर्ष -२०२० सफल पार्न विविध कार्यक्रम


श्याम तामाङ ,तामाङपेज 

काठमाडौं ।

मकाउ । 

नेपाल भ्रमण वर्ष सन् – २०२० सफल पार्न एभरेष्ट हाइकीको आयोजना आइतबार मकाउमा  हङकङ/ मकाउका लागि नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईको उपस्थितिमा मकाउमा रहेका नेपालीहरुको व्यापक सहभागितामा भब्य प्रदर्शन गरेको छ ।

एन.आर.एन.ए.का पुर्वमहासचिव एवं सामाजिक अभियन्ता कृष्ण अधिकारीले तामाङपेजसङ्गको सम्पर्कमा एन.आर.एन.ए.हङकङका अध्यक्ष टीका गुरुङ,एन.आर.एन.ए.हङकङका उपाध्यक्ष निरन्जन गुरुङ, चेम्बर अफ कमर्श मकाउका पुर्व अध्यक्ष सुदर्शन थापा मगर ,द फिकोसिरस एसिसिएसन अफ ओभरसिज वर्कस अफ मकाउ अध्यक्ष लामिएर लारेन्जोको सहभागिता रहेको थियो ।

मकाउमा एभरेष्ट हाइकीमा शेर्पा समाज मकाउ अध्यक्ष आङगेल्जेन शेर्पा,कियाचु मकाउ अध्यक्ष भीमविक्रम राई,नेपाली जनसम्पर्क समिती मकाउ उपाध्यक्ष चण्डी योङगा ,नेपाल तामाङ घेदुङ मकाउ उपाध्यक्ष कलबहादुर तामाङ,डिएक्सएन मकाउ अध्यक्ष मिलन श्रेष्ठ,हेडस नेपाल मकाउ उपाध्यक्ष प्रेमकुमार विश्वकर्मा ,एन.आर.एन.ए.मकाउ पुर्व कोषाध्यक्ष उद्धव कुवर,स्टार वर्ल्ड क्यासिनो निर्देशक ओमप्रसाद गुरुङ,एचके नेपालका सम्पादक अम्बु गुरुङ ,मकाउ ,हङकङमा रहनु भएका विभिन्न तपतहका नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको व्यापक सहभागिता रहेको थियो।

 

 

प्रकाशित: समय: 15:23:18  849पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार