तामाङपेज संवाददाता ।
किस्पाङ गाउँपालिकाका वडाहरु मनकामना,फिकुरी,काहुले ,भाल्चे र साल्मेभित्रका सबै विद्यालयहरुबाट प्रति एक विद्यालय एक शिक्षक ,शिक्षिकाको उपस्थितिमा एकदिने नसर्ने रोगसम्बन्धि कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
स्थानिय युवा समाजसेवी तथा बुद्धिजीवी कृष्णप्रसाद भट्टकानुसार किस्पाङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चक्रबहादुर शाहीले सबैभन्दा बढी सुचना ,सन्देश प्रवाह ?जानकारी पुग्ने ,पुर्याउने थलो भनेको विद्यालय नै भएकाले यो कार्यक्रम विद्यालय लक्षित गरि गरिएको कार्यक्रम हो किस्पाङ गाउँपालिका स्वास्थ्य प्रमुख चक्रबजादुर शाहीले भन्नू भयो ।
जिल्ला अस्पताल नुवाकोटका कार्यक्रम संयोजक जनार्दन सिलवालले नसर्ने रोग सम्बन्धि सहजीकरण गर्नु भएको थियी । मानिसमा दम,मुटुको रोग,क्यान्सर ,मधुमेह जस्ता नसर्ने रोगहरुले पछिल्लो समयमा नेपालमा यस्को प्रकोप बढी हुँदै गैरहेको कारण बर्सेनि करिब तीस प्रतिशत मानिसको ज्यान यस्ताखाले रोगकाकारण अकालमा ज्यान गैइरहेको छ भन्नुभयो।
कार्यक्रम संयोजक सिलवालले यस्ता नसर्ने रोगको रोकथामको विश्वको ध्यान गैरहेको अवस्थामा नेपालमा पनि यस्को प्रभावकारी रोकथामको लागि नेपाल सरकार ,विभिन्न स्वास्थ्य सम्बन्धित सरोकारका निकायले प्रयास गरिरहेको बताए ।
एकदिने नसर्ने रोगसम्बन्धि कार्यक्रममा किस्पाङ गाउँपालिका स्वास्थ्य प्रमुख चक्रबहादुर शाही ,जिल्ला अस्पताल नुवाकोट कार्यलयका कार्यक्रम संयोजक जनार्दन सिलवाल ,श्रोत ब्यक्ती निरनमान डङगोल,फिकुरी क्याम्पसका अध्यक्ष कृष्णप्रसाद भट्ट लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।