माल्टाका एघार बर्षिय समीर लुङ्गबा तामाङले आत्महत्या गर्नको पछाडीको रहस्य खुल्दै,

घरपरिवारदेखि विद्यालयका शिक्षक,शिक्षिकाको कुटाइ ,हेला नै कारकतत्व भएको प्रमाण फेला

श्याम तामाङ,तामाङपेज ।

ललितपुर ।

नेपालको ७७ वटा जिल्लामध्ये केही वर्षदेखि अत्याधिक रुपमा दिन प्रतिदिन राजधानीको सुगम जिल्ला ललितपुरमा अकालमा ज्यान खेराफाल्ने नागरिकहरु दिनप्रतिदिन बढदै छ ,यस्बारे स्थानिय प्रशासन ,स्थानिय निकाय ,जनप्रतिनिधि ,आफन्तजन ,सरोकारवालाको ध्यान फलानो त यसरी विष सेवन गरेर ,झुण्डिएर,हाम फालेर मरेछ भन्ने उपाय बाहेक कुनैपनि सचेतना कार्यक्रम,आत्महत्या न्युनिकरणको लागि खासै योजनाहरु नितिगत देखिदैन ।

यस्मा नेपाल सरकारको केन्द्र सरकार,प्रदेश सरकार ,स्थानिय सरकार,विद्यालय लगायत सरोकारवाला निकायहरुले योजनाबद्ध तरिकाले आत्महत्या न्युनिकरणको उपाय  गर्न सकेन भने समाजमा विकराल रुप लिदै गएको छ ,यस्तर्फ गम्भीर रुपमा सोचेर योजानाबद्ध ढङ्गले जनचेतना ,वाच ग्रुपहरुको स्थापना गर्नुपर्ने देखिन्छ ।

ललितपुर जिल्लाको दक्षिण पुर्वी पश्चिम भेगमा रहेको वाग्मती गाउँपालिका वडा न.२ माल्टा घर भै श्री कालिदेवी माविमा कक्षा ५ मा रोल न.५ रहेका ११ वर्षिय बालक समीर लुङ्गबा तामाङ ,शनिबार बेलुका ८:३० बजे डोरिमा पासो लगाई आत्महत्या गरेका छन् ।

आत्महत्याको घटना घटेपछि महानगरिय प्रहरी बृत्त चापागाउँ ,ललितपुरबाट खटेको टोलिले घटनाको प्रारम्भिक मुजुल्का उठाएर ,पोष्टमार्टमको लागि लास आइतबार पाटन अस्पतालमा ल्याएको छ ।

घटनामा मुजुल्का उठाउने क्रममा आत्महत्या गरेका बालक समिरको साथबाट सु साइड नोटमा दाजु भाउजुको हेला र श्री कालिदेवी माविका शिक्षक गोविन्द तिमल्सिना,दीवाकर लामिछाने ,शिक्षिका सरस्वती घिमिरेकाकारण मृत्यु रोज्नु परेको कागज फेला परेपछी प्रहरीले सोधपुछका लागि शिक्षक,शिक्षिकाहरुलाई ल्याएको प्रहरी सहायक निरिक्षक वसन्त मल्लले तामाङपेजसङ्गको सम्पर्कमा जानकारी दिएका छन् ।

तस्बिर श्रोत : दीपक अर्याल टिभी पत्रकार

प्राइम टाइम्स टेलिभिजन ।

 

एघार बर्षिय बालक समीर लुङ्गबाले मृत्यु हुनु भन्दा अगाडी लेखेको सु: साइड नोटले के प्रष्ट्याउछ भने वाग्मती गाउँपालिका -२ माल्टामा रहेको श्री कालिदेवी माविका शिक्षक ,शिक्षिकाले विद्यार्थीहरुलाई मानसिक तनाव र कुटपिट गर्ने गरेको तथ्य स्पष्ट खुलेको छ । एक एघार बर्षिय बालक समीर लुङ्गबा तामाङको मृत्युको पछाडी विद्यालयका ती शिक्षक,शिक्षिका र घरको दाइ,भाउज्युको प्रमुख कारकतत्व देखिन्छ नै ,यस्बारे थप अनुसन्धान हुनु जरुर छ ।

बालकले आत्महत्या गरेपछि चौतर्फी रुपमा चासो ब्यक्त भइ रहेको छ भने मंगलबार नै ललितपुरको माल्टामा वास्तविक घटना के कसरी भएको रहेछ भन्ने बारे पत्रकारहरुको एक टोलि पुगेको छ भने नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका एक नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक डिआइजी नै माल्टा जानेकुरा तामाङपेजसङ्गको सम्पर्कमा बताएका छन् ।

यता श्री कालिदेवी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम तिमल्सिनाले आफ्नो विद्यालयको विद्यार्थीले आत्महत्या गरेकोमा दुख ब्यक्त गर्दै ,विद्यालयमा कुनैपनि शिक्षक,शिक्षिकाहरुले कुटपिट विद्यार्थीलाई गरेको आफुलाई थाहा नभएको ,म आफू नेतृत्व गरेको विद्यालयमा कुनैपनि शिक्षक,शिक्षिकाले विद्यार्थीहरुलाई मानसिक तनाव दिएको पाइएमा नेपालको प्रचलित कानुन बमोजिम कार्वाही गर्दा फरक नपर्ने भन्नुहुदै घटनाले विद्यालय र केही शिक्षक ,शिक्षिका जोडिएकोमा प्रहरीको अनुसन्धान सोधपुछ जारी रहेतापनि कुनैपनि शिक्षक,शिक्षिकाले मानसिक तनाव,विद्यार्थीहरुलाई कुटपिट गर्ने गरेको आफुले कल्पना समेत गर्न नसकिने दाबी गरेका छन् ।

प्रकाशित: समय: 9:50:11  1771पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार